काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युद्धको नेतृत्व गरेको व्यक्तिले नै सबैभन्दा बढी शान्ति र रगतको महत्व बुझेको हुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जसले जनयुद्धको नेतृत्व गरेको छ, उसले नै शान्तिको सबैभन्दा बढी महत्व बुझेको हुन्छ । मैले आफ्नै परिवारमा पनि पटकपटक रगतको आवश्यकता परिपूर्ति गर्न धेरै किसिमका पीडा र समस्याहरु आफैंले पनि झेलेको नाताले पनि रगतको के कस्तो महत्व छ बुझेको छु ।”


ADVERTISEMENT

# # #


उनले रगत संकलनको लागि राज्यको तर्फबाट सकेको सहयोग गर्ने विश्वास व्यक्त पनि गरे । अध्यक्ष दाहाले संविधान निर्माणपछि मात्र देशमा ठूलो राजनीतिक परिवर्तन भएको जिकिरसमेत गरे । माओवादी अध्यक्ष दाहालले नेपालीको समाज अग्नि परीक्षाको घडीमा आइपुगेको समेत बताए ।