काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत युर्एईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।
युएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले त्यसक्रममा उनले १२६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यो उनको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो ।
यसअघि उनले सन् २०२२ मा नेपालमै भएको पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय सिरिजमा १२६ रन बनाएका थिए । जुन उनको पहिलो शतक थियो । यससँगै रोहित पौडेलले नेपालका लागि एकदिवसीय क्रिकेटमा दोस्रो शतक बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
उनीबाहेक नेपालका कुनै पनि ब्याटरले एकदिवसीयमा दोस्रो शतक बनाउन सकेका छैनन् । तत्कालीन कप्तान पारस खड्काले सन् २०१९ मा युएईविरुद्ध नै शतक बनाउँदै एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली ब्याटर बनेका थिए ।


























































