काठमाडौँ – ‘मोन्था’ चक्रवातको असरका कारण देशका अधिकांश भागमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


ADVERTISEMENT


बिहीबारका साथै शुक्रबारसम्म लुम्बिनीदेखि पूर्वका भेगमा मध्यम तथा केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । त्यसका साथै बाँकी प्रदेशमा हल्का वर्षा हुने उनले बताइन् ।


ADVERTISEMENT

# # #


पोखरेलले कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सबै सतर्क रहनुपर्ने बताइन् ।

शनिबार बिहानदेखि मात्र मौसममा सुधार आउने विभागले जनाएको छ ।