काठमाडौं– चार दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ ।


ADVERTISEMENT


आइतबार सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।


ADVERTISEMENT

# # #


मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर हालसम्म भएका सहमति पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीयले खुलाउने भएका हुन् ।

स्थानीय बासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङले भने, ‘अहिले सम्म निर्णय गरिएका र हुन नसकेका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री ज्यूले गर्नुभएको छ । कुनै कारणले त्यो अवधिभित्र पनि सहमति कार्यान्वयन हुन नसके तपाईहरुको विरोध गर्ने अधिकार त छँदैछ भन्नुभएको छ ।’

काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ ।