काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसंग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगाएत एकतामा आउने दलहरुको संयुक्त बैठक बसेर संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको हो । त्यसअघि कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक बिषयका साथै समायोजन, नीतिगत बैचारिक बिषयका साथै एकतापछि नयाँ दल दर्ता गर्ने बिषयमा बढि छलफल भएको उनले बताए ।

सापकोटाले अहिले देशमा ठूलो संकट देखापरेकाले त्यसलाई सामना गर्न बृहत बामपन्थी एकता अपरिहार्य भएको उल्लेख गरे । उनले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि चूनावमात्रै एकमात्रै बिकल्प भएकाले त्यसमा आफुहरुको ध्यान केन्द्रीत रहेको उल्लेख गरे । एकताप्रति असन्तुष्टि जनाएका नेता जनार्दन शर्मा भने आइतबारको बैठकमा अनुपस्थीत भएको थियो ।

माओवादीले नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीच एकता गर्न लागेको हो ।