काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले बनाएको बजेट जनताको हितमा हुने र प्रदेशमैत्री बन्नुपर्ने बताएका छन्
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रलयाको आयोजनमा शनिबार हेटौंडामा भएको वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा विषयक एक दिवसीय अन्तरक्रियात्मक गोष्टीको उद्धघाटन गर्दै मन्त्री बानियाँले बजेट बालुवामा पानि हालेको जस्तो बनाउन नहुने बताएका हुन् ।
मन्त्री बानियाँले जनाता र प्रदेश दुवैको आम्दानी बढाउनु पर्ने बताएका छन् । सरकारले बनाएको बजेटको कुनै पनि प्रतिफल नआउने बजेट बनाएर प्रदेशको समृद्धि नहुने उनको भनाई रहेको छ । उनले भने लगानीबाट प्रतिफल आउनु पर्ने र पूर्ण त्यो प्रतिफललाई अन्य क्षेत्रमा लगानी गर्न सक्ने गरी बजेट ल्याउनु पर्ने बताएका छन् ।
हामीले जुन बजेट बनाउनदा जुन लक्ष्य हासिल गर्दैन र जनतालाई रोजगारीको अवसर सिर्जन गर्दैन, प्रदेशबासीलाई रोजगारीको अवस्था सिर्जन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको मन्त्री बानियाँको भनाइ छ ।
राजनितीक अवस्था पुरा गर्नको लागि मात्रै बजेट बनाउनु पर्ने परिपाटी अन्त्य गर्ने उनको धारणा रहेको छ । मुख्य मन्त्री बानियाँले विकास गर्नको लागि प्रदेशको संचना राखिएको र व्यवस्थापन धेरै परिर्वतन गरी जनताको अवस्था विकास परिर्वतन गर्नका लागी कठोर बनेर काम गर्नुपर्ने बताए ।
संघिया लोकतान्त्री गणतन्त्रको मर्मा र जनताको भावना अनुसार मुलुक चल्न सकियो कि सकिएन भनेर दलहरुले बुझनु पर्ने बताए । साँझा र एकल अधिकारको विषयमा अल्झिन नहुँने उनको भनइ रहेको छ । मन्त्री बानियाँले संघियताको सफलता कार्यन्वयनको लागी वित्तीय पक्ष सुदृढीत र पार्दशित बनाउन पर्नेमा जोड दिए । उनले प्रदेशको आर्थिक क्षमता अभिवृद्धि र आन्तारिक स्रोत परिचालनमा सबै तहका कार्य समन्वय आवश्यक रहेको बताए ।



























































