काठमाडौँ – नेकपा एमालेको जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर्स फोर्स थपिने भएको छ ।


ADVERTISEMENT


आइतबार भक्तपुरमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ५ गते काठमाडौंमा युवाहरुलाई सडकमा उत्रार्दै युथ भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्डका साथै विधानको घोषणा गर्ने जानकारी दिए । युथ भोलेन्टियर्स फोर्सलाई पार्टीका साथै देश निर्माणमा परिचालन गरिने उनले बताए ।

उनले पार्टीको निर्णय अनुसार संसद पुनसंस्थापनाका लागि सडक आन्दोलन गर्ने उल्लेख गरे । वास्तविक जेनजी युवाहरुसंग नियमित संवादमा रहेको जानकारी दिँदै उनले भ्रष्टाचार नियन्त्रण लगाएतका मागलाई पुरा गर्नका लागि लाग्ने बताए । बस्नेतले पार्टीको महाधिवेशनबाट अध्यक्षको रुपमा केपी ओलीलाई नै चयन गर्ने दाबी गरे ।

महाधिवेशनमा निर्वाचनका लागि प्रतिपष्र्धा गर्ने छुट भएको भन्दै महाधिवेशन प्रतिनिधिले विवेकको प्रयोग गर्दै ओलीलाई नै अध्यक्षमा चयन गर्ने उनले बताए ।