काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको राष्ट्रपति रामचन्द्र पौडेलको निजि निवासको निरिक्षण गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंको बोहराटार पुगेर गृहमन्त्री अर्यालले आगजनी र तोडफोडबाट पूर्णरुपमा क्षतिग्रस्त राष्ट्रपति पौडेलको निजि निवासको निरिक्षण गरेका हुन् ।


ADVERTISEMENT

# # #


काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल लगाएत सुरक्षा निकायका अधिकारीसहित बोहराटार पुगेका गृहमन्त्री अर्यालले क्षतिको विवरणबारे जानकारी लिइएको थियो ।

त्यस्तै गृहमन्त्री अर्यालले सोमबार नै जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको बालाजु प्रहरी बृतको पनि निरिक्षण गरेका छन् । सो क्रममा प्रहरी अधिकारीहरुले स्थानीयसंगको सहकार्यमा बालाजु बृतको पुननिर्माणको काम सुरु गरिएको जानकारी दिएका थिए ।