काठमाडौँ– सिन्डकेटको विरुद्ध सरकार लागेको भन्दै आज सार्वजनिक यातायात बन्द गरेका नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ अन्तर्गतका व्यावसायीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।


ADVERTISEMENT


गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको हो।


ADVERTISEMENT

# # #


यससंगै महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन जादा उनी क्लबको कार्यालय परिसरबाटै पक्राउ परेका हुन्।

सादा पोसाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको छ ।

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे र उपाध्यक्ष पदम गहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। यातायात बन्द हुँदा लामोरछोटो दुरीका यात्रु मारमा परेका छन्।

जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही अगाडि बढाउन पत्राचार गरिसकको थियो।

सेवा ठप्प पार्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन