काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्‍याएपछि मात्रै निर्वाचनमा जाने बताएका छन् । कांग्रेस नेतासमेत रहेका निधिले मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचन गराउन नसकिने पनि बताए ।


ADVERTISEMENT


काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि विपक्ष र असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन सरकार प्रयासरत रहेको जानकारी दिए । ‘सरकार निर्वाचनका लागि वातावरण बनाउन लागिपरेको छ,’ उनले भने ।


ADVERTISEMENT

# # #


कानूनी राज्यको प्रत्याभूति जनतालाई दिलाउन सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री निधिले शान्ति सुरक्षा र अपराध नियन्त्रणको क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी गरे ।