नेपाल फिफा वरियतामा दुई स्थानमाथि उक्लिएको छ। यस महिनाको सार्वजनिक वरियतामा नेपाल १ सय ७३ स्थानमा पुगेको छ। दक्षिण एसियाको वरियतामा प्रायः सबै देशको स्थान तल खस्किएको अवस्थामा नेपाल मात्र माथि चढेको हो।


ADVERTISEMENT


दक्षिण एसियामा भारत र अफगानिस्तानपछि नेपाल तेस्रो स्थानमा छ। भारत एक स्थान तल झरेको छ। उसको वरियता १ सय ३० छ। पहिले १ सय २९ थियो। १ सय ५१ औं स्थानमा रहेको अफगानिस्तान यथावत छ। गत महिना पनि ऊ यही स्थानमा थियो।


ADVERTISEMENT

# # #


नेपाल गत महिना १ सय ७५ स्थानमा थियो। नेपालपछि भुटान चौथो नम्बरमा छ। भुटान १ सय ७७ औं स्थानमा छ। ऊ पनि एक स्थान तल झरेको हो।

पाँचौ नम्बरमा बंगलादेश छ। बंगलादेश गत महिनाकै साविक १ सय ९० स्थानमा छ। छैटौं नम्बरमा रहेको श्रीलंका पनि पुरानै १ सय ९६ स्थानमा छ। पाकिस्तान एसियाली राष्ट्रको पुछारमा १ सय ९८ स्थानमा छ। पाकिस्तान पनि एक स्थान तल झरेको हो।