काठमाडौं–पुरातात्विक महत्वका प्राचीन मुति विदेशी नागरिकलाई करोडौं रुपैयाँमा विक्री गर्ने गरेको पाइएको छ । नयाँलाई पुरानो तथा पुरानोलाई नयाँ बनाएर यस्तो कारोवार हुँदै आएको प्रहरी अनुन्धानबाट खुलेको छ ।


ADVERTISEMENT


दरबारमार्गस्थित एउटा पसलका सञ्चालक प्राचीन मुर्तिका साथै बहुमुल्य प्राचीन वस्तुको अवैध कारोवार गर्दै आएको अवस्थामा पक्राउ परेपछि अनुसन्धान गर्दा यस्ता मुर्तिको कारोडौंमा कारोवार हुने गरेको
भेटिएको केन्द्रीय अनुसन्धान क्युरियो आर्ट नामक पसलबाट नौ सय बर्ष पुराना मुर्ति बरामद गरी तीन सञ्चालकलाई पक्राउ गरेपछि यस्तो कारोवारबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


विगत ६ बर्षको अवधिमा पुरातात्विक महत्वका ४६ भन्दा बढी बहुमुल्य मुर्ति तथा शिलालेख चोरी भएका छन् ।

२०६८ सालयताको अवधिमा देशभरका मठमन्दिर तथा गुम्बा र विहारबाट ४६ मुर्तिसहित प्राचीन शिलालेख हराएको प्रहरीले जनाएको छ । – आजको नागरिक दैनिकबाट