काठमाडौं–पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि घातक हमला भएको छ । आइतबार पाकिस्तानको नरोवालको कन्जरुरमा एक र्यालीलाई सम्बोधित गर्ने क्रममा उनीमाथि गोली चलाइएको हो जसका कारण उनी सख्त घाइते भएका छन् ।


ADVERTISEMENT


यसबारे पाकिस्तानका सरकारी अधिकारीले स्रोतलाई जानकारी दिएका हुन् । प्रहरीका अनुसार इकबालको दाहिने काँधमा एक गोली लागेको छ ।


ADVERTISEMENT

# # #


पाकिस्तानी न्यूज च्यानल ‘जियो’ का अनुसार घटनापश्चात् इकबाललाई तुरुन्त अस्पताल पुर्याइएको र उनी खतरामुक्त रहेको बताइएको छ ।

पक्राउ परे संदिग्धः
गोली चलाउने संदिग्धलाई पक्राउ गरिएको छ । पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले संदिग्ध हमलाकर्ताको उमेर २० देखि २२ वर्षको बीचमा छ ।

पंजाब सरकारले ट्वीट गरेर एक सुटरलाई पक्राउ गरेको जानकारी दिएको छ । यसका साथै अहसान इकबालको डीएचक्यू अस्पतालमा उपचार भइरहेको बताइएको छ ।