काठमाडौं – हिन्दू महिलालाई जागिरको प्रलोभनमा दिएर क्रिश्चियन धर्म अनुशरण गर्न लगाउने तीन जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुनकी ४१ वर्षीय सुमित्रा गौली, चितवन भरतपुर महानगरपालिका १६ की ४२ वर्षीय फूलदेवी भट्टराई र काठमाडौं कलंकी बस्ने ३६ वर्षीय राधिका महर्जन रहेका छन् ।


ADVERTISEMENT


उनीहरुले चितवन भरतपुर नगरपालिका वडा नं. २७ घर भएकी ३८ वर्षीय लक्ष्मी भट्टराईलाई सीतापाइलास्थित एक चर्चमा लगेर धर्म परिवर्तन गर्न लगाएको र उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेललले बताए ।


ADVERTISEMENT

# # #


पीडित भट्टराईले आफूलाई इच्छा विपरित बाइबलको पाठ सुनाउँदै क्रिश्चियन बनेमात्रै जागिर लगाइदिन्छु भनेको प्रहरीसमक्ष बताएको एसएसपी पोखरेलले बताए । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । मुलुकी ऐन, २०२० को अदलको महलको १ मा अरुको धर्ममा खलल पर्ने गरी कसैले पनि कुनै धर्म परिवर्तन गर्न वा गराएको प्रमाणित भएमा ३ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।