काठमाडौं– सरकारले सिण्डिकेटको समर्थन गर्दै सवारी बन्द गर्ने यातायात समितिहरुको रोक्का बैंक खाता फुकुवा गर्ने सहमति गरेको खुलासा भएको छ ।


ADVERTISEMENT


भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले आइतबार मध्यरातमा व्यवसायीहरुसँग वार्ता गरेका थिए । वार्तामा सिण्डिकेट तोड्नेसहितका सहमति भयो ।


ADVERTISEMENT

# # #


तर, सहमतिबारे जानकारी दिन मन्त्रालयले राखेको संयुक्त पत्रकार सम्मेलनमा व्यवसायीले मन्त्रीको पोल खोले । मन्त्री रघुवीर महासेठले सिण्डिकेट अन्त्य गर्ने, दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने, यातायात क्षेत्रको सुधारका लागि कार्यदल बनाउने र आन्दोलन फिर्ता लिने सहमति भएको बताए ।

तर, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले आपत्ति जनाएका छन् । वार्तामा भएका केही सहमति मन्त्रीले लुकाएको उनको आरोप छ । कर्मचार्यका अनुसार यातायात समितिहरुको रोक्का गरिएको बैंक खाता फुकुवा गर्ने सहमति भएको छ ।

गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का गरेर पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार राष्ट्र बैंकले आइतबार मात्र २४५ यातायात समितिको बैंक खाता रोक्का गरेको थियो ।