जनकपुरधाम– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्री ज्ञवालीले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अयोध्या बस सेवा र रामायण परिपथ परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरको कार्यक्रम सम्पन्नपछि काठमाडौँं फर्किने र भारतीय प्रधानमन्त्री मोदी जनकपुर उप महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।

जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते जनकपुरधाम आउने कार्यक्रम छ । सो दिन उनी जानकी मन्दिरमा पूजाअर्चना गरी र बाह्रबिगाहा रङ्गभूमि मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने जनाइएको छ ।

कार्यक्रमलाई दृष्टिगत गरी भारतीय सुरक्षा अधिकारी र सुरक्षा सामग्री आज जनकपुरधाम आइसकेको बताइएको छ ।