काठमाडौं– शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी, चाँदी तोलामा ६० रुपैयाँ घटेको छ । आज शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।