काठमाडौं– कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



























































