काठमाडौं – नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स कम्पनी CG Electronics अन्तर्गत CG ब्रान्डले आफ्नो प्रिमियम सीजी मेरिडिया सिग्नेचर सिरिज सिग्नेचर अन्तर्गत एआई-सक्षम फोर-के गुगल टिभीका तीन मोडेल—65” (65GTVU5), 55” (55GTVU5) र 43” (43GTVU5)—नेपाली बजारमा सार्वजनिक गरेको छ।


ADVERTISEMENT


कम्पनीका प्रतिनिधि अनुसार, “सीजी मेरिडिया सिग्नेचर सिरिज सिग्नेचर नेपालमा एआई टिभी प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो र सधैँ उच्च गुणस्तरीय, प्रिमियम र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यमा केन्द्रित छ।


ADVERTISEMENT

# # #


नयाँ फोर-के एआई गुगल टिभी श्रृंखला नेपाली उपभोक्तालाई विश्वस्तरीय प्राविधिक अनुभव घरेलु मूल्यमा उपलब्ध गराउने र विशेषगरी एनपीएललाई ध्यानमा राखेर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जहाँ उपभोक्ताले, आफ्नै घरमै बसेर खेलकुदको स्टेडियम–जस्तो अनुभव र चलचित्र हेर्दा हलको जस्तो थिएटर अनुभव मज्जाले आफ्नै लिभिङ रुममा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ ल्याइएको कम्पनीको भनाई छ । यसले केवल मनोरञ्जन अनुभव सुधार्ने मात्र होइन, घरभित्रको डिजिटल इन्टरएक्शनलाई पनि स्मार्ट, सरल र व्यक्तिगत बनाउनेछ।”

मुख्य AI विशेषताहरू

  1. एआई स्किन डिटेक्सन : मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
  2. एआई मोसन क्लारिटी : द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा मोसन ब्लर र घोस्टिङ  घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
  3. एमईएमसी (मोर फ्रेम, मोर क्लियर): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
  4. एआई डायलग क्लारिटी इन्ह्यान्सर: एआई अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
  5. फाइन्ड माई रिमेट कन्ट्रोल: रिमोट हराएमा टिभीको ‘रिमोट लोकेटर बटन’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ।
  6. अन्य एआई क्षमताहरू: एआई फोर के अपस्केलिङले कम रिजोल्युसन कन्टेन्टलाई फोर के नजिक ल्याउँछ। एआई लर्निङ क्यापाबिलिटीले प्रयोगकर्ताको हेर्ने बानी अनुसार पर्सनलाइज्ड अनुभव प्रदान गर्छ। स्वचालित पिक्चर–अडियो क्यालिब्रेसनले Brightness, Contrast, Sharpness र साउन्ड लेभल आफैं समायोजन गर्छ।

प्राविधिक विवरण (Technical Overview)

  • प्रोसेसर/स्मृति: Quad Core A55 CPU, Mali-G52 GPU, 2GB RAM, 16GB Storage
  •  दृश्य गुणस्तर: 4K Ultra HD, HDR10/HLG, Dynamic Contrast, 105% BT.709 Wide Color Spectrum, MEMC
  • ध्वनि: Dolby Digital Plus, 20W/24W Stereo Speakers, Surround Sound
  • स्मार्ट सुविधाहरू: Google TV, Chromecast Built-In, Google Assistant, Kids Mode,Gaming Mode, Remote Locator System
  • कनेक्टिभिटी: Dual Band Wi-Fi, Bluetooth 5.1, HDMI ARC + 3 HDMI Ports, 2 USB Ports, Optical Out, Earphone Jack
  •  डिजाइन: Frameless Premium Design, Smooth Motion Technology

सीजी इलेक्ट्रोनिक्सको परिचय:

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २० वटा आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहक सुविधाका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत अनलाइन बिक्री सेवा पनि उपलब्ध रहेको कम्पनी जनाएको छ ।