काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० ले घटेको छ भने चाँदी ६० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा ३ हजार २८० कायम भएको छ ।
हिजो सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने एक तोला चाँदी ३ हजार २२० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


























































