काठमाडौँ – पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगाएतले उक्त पुस्तक लोकार्पण गरेका हुन् । सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरुले मात्रै नभएर मुलधारका सञ्चार माध्यमका संचारकर्मीहरुले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले धारणा राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको धारणा राखे । लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरु सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।