काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको स्वाभिमान सँधैँ उच्च भएको बताएका छन् ।


ADVERTISEMENT


जनकपुरमा नागरिक अभिनन्दनपछि बोल्दै उनले नेपालको स्वाभिमान सगरमाथा झैँ उच्च भएको बताएका हु्न् । यस्तै उनले गौतम बुद्धको जन्म स्थान पनि लुम्बिनीमा नै भएको बताए ।
‘समेद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा भारत सरकारले सँधैँ साथ दिने पनि उनले बताए ।
उनलाई नागरिक अभिनन्दनसहित १२१ किलोको ३ मालाले स्वागत गरिएको छ । दुई दिने नेपाल भ्रमणमा आएका मोदी आजै काठमाडौँ आएर राजनीतिक भेटघाट गर्ने र भोली उनी मुक्तिनाथ दर्शनका लागि जाने छन् ।


ADVERTISEMENT

# # #