काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी गरिएको दलका उपनेता सुवास नेम्वाङले बताए।


ADVERTISEMENT

# # #


राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा राखेकी थिइन् । सो अवसरमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबै दल एकजुट भएर लाग्ने जानकारी गराएका थिए।