वीरगञ्ज (पर्सा) – वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७७ करोड मूल्यबराबरको १७ खाद्यवस्तु आयात गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १७ थरिका १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यवस्तु आयात गरिएका हुन् ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ प्रतिशत बढी मूल्यका खाद्यान्न आयात भएको जानकारी दिए।
चालु आवको पाँच महिनामा रु तीन अर्ब ८५ करोड मूल्यको धान र रु दुई अर्ब ९६ करोड मूल्यको मकै आयात भएको छ । त्यसैगरी रु एक अर्ब ३१ करोडको चामल र रु २५ करोडको माल्ट आयात भएको जनाइएको छ ।



























































