काठमाडौं–चितवनको दुईस्थानमा आइतबार बिहान बम विस्फोट भएको छ । चितवनको भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा आईतबार बिहान पौने ४ बजेतिर बम बिस्फोट भएको हो ।


ADVERTISEMENT


सुपरमार्केटको कम्पाउण्डमा बम बिस्फोट हुदाँ सुपरमार्केटको सिसाहरु फुटेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रभु ढकालले जानकारी दिए । बिस्फोटबाट भाटभटेनी सुपरमार्केट नजिक रहेको रोयल सेन्चुरी होटलको समेत केही झ्यालको सिसाहरु फुटेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै पुर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर १ को वडा कार्यालय अगाडी समेत बिहान बम बिस्फोट भएको छ । बिस्फोटबाट कुनै क्षती नभएको प्रहरीले जनाएको छ । बम बिस्फोट कसले गराएको हो भन्ने एकिन नभएपनि बन्दकर्ता नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बिस्फोट गराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बम बिस्फोट गराउनेहरुको खोजीकार्य तिव्र पारेको प्रहरीले जनाएको छ ।

चितवनमा लामो दुरीका यात्रुबाहक बस चलेका छैनन् भने बजार पनि आशिंक रुपमा मात्रै खुलेका छन् । कक्षा ११ को परीक्षा संचालन भएपनि अन्य शैक्षिक संस्था भने बन्द छन् ।