ताप्लेजुङ–ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा स्थानीय नरबहादुर लिम्बुको घरमा आगलागी भएको छ ।


ADVERTISEMENT


विद्युत् सर्ट भइ आगलागी हुँदा उनको ३ तले घर तथा घरभित्र रहेको सम्पूर्ण सरसामान जल्दा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


साथै, सोही घरको कोठामा रहेको फुरुम्वु सामुदायिक वन फुरुम्वुको कार्यालयको फर्निचर लगायत कागज पत्र समेत जलेर ४ लाख बराबरको क्षति भएको छ ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको विमानस्थल सुरक्षागार्ड, सुकेटारले जनाएको छ ।