काठमाडौं–नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको निधन भएको छ । पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका शाहको सोमबार साँझ निधन भएको हो ।


ADVERTISEMENT


५१ वर्षीय शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोले थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शाहको निधनमा दुःख प्रकट गर्दै उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए । शाहका श्रीमती र छोरी छन् ।


ADVERTISEMENT

# # #


शाह नेपाली फुटबलको उत्कृष्ट मिडफिल्डर हुन् । सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका छन् ।

शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि उनले करिब १० वर्ष नेपाली फुटबलमा राज गरे ।

सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए । मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि समेत जिताएका उनले १९९७ मा फुटबलबाट संन्यास लिए ।

सन् १९९८ को बैंकक एसियाडमा नेपालको झण्डा बोक्ने मौका पाएका थिए । एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन् ।