काठमाडौँ – निर्वाचन आयोगले कार्यतालिका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको कार्यतालिका बमोजिम आवश्यक तयारीका काम तीव्र रुपमा अघि बढेको जानकारी दिएका हुन् । उनले पछिल्लो हप्ता मतपत्र छपाईँ र मतदाता नामावली छपाईलाई प्राथमिकतामा राखेको बताए ।


ADVERTISEMENT

# # #


आउने हप्तासम्म मतदाता नामावली छपाईँ पुरै सकिने उनले जानकारी दिए । उनले निर्वाचनका लागि समानुपातीकतर्फको मतपत्र छपाई यसअघि नै सकिएको र प्रत्यक्ष तर्फ अहिलेसम्म २५ जिल्लाको ३० लाख मतपत्र छपाइको काम सकिएको उल्लेख गरे ।

अहिले दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छाप्ने काम भइरहेकाले छिटै सबै मतपत्र छाप्ने काम सकिने उनको भनाइ छ । प्रवक्ता भट्टराईले आचारसंहिता उलंघनमा व्यक्ति संस्थालाई स्पष्टीकरण सोध्ने काम जारी रहेको र आचारसंहिता पालनामा आयोग सक्रिय रहने बताए ।

उनले छिटै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए । संसद पुनस्र्थापनाको विषय अदालतमा विचाराधीन रहेकाले टीकाटिप्पणी गर्न सान्दर्भिक नहुने भन्दै उहाले आयोगलाई निर्वाचनको कार्यतालिका बमोजिम हिँड्ने बाहेक अरू छुट नरहेको स्पष्ट पारे ।