काठमाडौं – सामसङ नेपालले टि–२० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।


ADVERTISEMENT


यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीका मोडेलहरूमा आकर्षक २१% सम्मको क्यासब्याक तथा रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।


ADVERTISEMENT

# # #


4K AI Upscaling क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र Adaptive Sound फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ। साथै, Samsung Knox Security ले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउँछ।

यसका साथै, मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन, सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा आफ्ना ग्राहकहरूलाई रु ३००० सम्मको नि:शुल्क NETTV प्याकेज पनि प्रदान गर्दैछ। QLED र UHD मोडेल किन्दा १२ महिनाको निःशुल्क NETTV सब्स्क्रिप्सन पाइन्छ भने FHD र HD मोडेल किन्दा ६ महिनाको निःशुल्क NETTV सब्स्क्रिप्सन पाइन्छ।

सामसङ टिभीमा मा NETTV एप सक्रिय गर्न, ग्राहकहरूले निम्न सरल प्रक्रियाहरूको पालना गर्नुपर्नेछ:
1. Samsung Account मा Sign in/Sign up गर्नुहोस्।
2. त्यसपछि Samsung Store बाट NETTV App Install गर्नुहोस्।
3. TV खरिद गर्दा उपलब्ध गराइने प्रमाणहरू पेश गरेर NETTV App मा Login गर्नुहोस्।
4. नि:शुल्क मनोरञ्जनको आनन्द लिनुहोस्।
ग्राहकलाई थप आश्वासन प्रदान गर्नका लागि, सामसङले आफ्ना T, A, B, C, D, र F Series TVहरूमा
उत्पादनसम्बन्धी त्रुटि (manufacturing defects) कभर हुने ३ वर्षको व्यापक वारेन्टी पनि प्रदान गर्दछ।

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।