काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने भएको छ ।
निर्वाचन आयोगसँगको छलफलपछि यो नाम टुंगो लगाइएको नेकपा एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार अब नेपाल कम्युनिष्ट पार्टीको सचिवालय ९ सदस्यीय हुने भएको छ ।
एकता संयोजन समितिको बैठकले यो विषय टुंगो लगाएको थियो । अब दुवै पार्टीका बैठक बसेर पार्टी विघटनको घोषणा हुनेछ । त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ भने अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिनेछ ।
यस्तै एकतापछि पार्टीको पहिलो संयुक्त बैठक गोकर्ण फरेस्ट रिसोर्टमा बस्ने भएको छ ।
नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार त्यसअघि दुवै पार्टीका अन्तिम बैठक बस्नेछन् । आज नै दुवै पार्टी विघटन गरेर निर्वाचन आयोगमा दर्ता भएपछि पहिलो संयुक्त बैठक गोकर्ण फरेस्ट रिसोर्ट बस्ने भएको हो ।