राजविराज(रासस)–नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।


ADVERTISEMENT


वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताएका छन् ।


ADVERTISEMENT

# # #


तिनका साथबाट ब्याट्री र एलएडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ । दोषीलाई विद्युत् ऐनअनुसार रु पाँच हजार जरिवाना तिराइएको प्राधिकरण राजविराजले जनाएको छ ।