काठमाडौं–दुई महिना लामो तत्कालीन एपेक्स बैंक घोटालाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टुंग्याएको छ ।


ADVERTISEMENT


ब्यूरोले सरकारी वकिल कार्यालयमार्फत् १ सय ४८ जनाभन्दा बढी विरुद्ध पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता गराएको हो । लामो समयको अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको ब्यूरोका एसपी बुद्धि तामाङले बताए ।


ADVERTISEMENT

# # #


प्रतिवादीहरूमा एपेक्स बैंकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, बधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा लगायत रहेका छन् ।

ब्यूरोले १ अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा बुझाएको हो ।