काठमाडौं–जुँगादाह्री पाल्न मलाई मनपर्छ । नपाल्दा आफूलाई एकदम बच्चाजस्तो लाग्छ । दाह्रीजुँगाले म्याचुअर्ड देखाउँछ । मेरो बुझाईमा पुरुषलाई म्याचुर्अ देखाउनमा दाह्रीजुँगाको महत्वपूर्ण भूमिका हुन्छ । सानैदेखि दाह्रीजुँगा पाल्ने मेरो इच्छा थियो । तर, अलि ढिलो आयो । मलाई भने एकदम रहर लाग्थ्यो । आए पनि पातलो थियो ।


ADVERTISEMENT


काट्यो भने बाक्लो आउँछ भनेर काटेकोकाटै गर्थें । कलेज पढ्दा मेरो एकजना साथीले तेल लगाएर घाममा बस्न सल्लाह दियो । उसले पनि त्यसै गर्ने गरेको बतायो । उसको कुरा सुनेपछि मलाई नि त्यसै गर्न मन लाग्यो ।


ADVERTISEMENT

# # #


त्यसपछि उही साथीले ल्याइदिएको तेल दाह्रीजुँगामा लगाएर दैनिक दुई घन्टासम्म घाममा बस्न थालेँ । यो अभ्यास मैले निरन्तर पन्ध्र दिनसम्म गरेँ । तेल सानो बोतलमा थियो । सकिएपछि छाडेँ ।

जुँगादाह्री अलि बाक्लो भयो । तर, कसरी भन्नेमा अझै पनि म कन्फ्युजमा छु । किनभने मैले जुँगादाह्रीका लागि मिहिनेत गरेको धेरैपछिदेखि मात्र पलाएको थियो । त्यो सम्झँदा रमाइलो पनि लाग्छ । त्यसैले पनि मलाई सबै काट्न मन लाग्दैन ।

चलचित्रमा अभिनय गर्दा पनि यही गेटअप सुहाउने खालको भूमिकाहरू गरिरहेको छु । त्यसैले क्यारेक्टरको लागि भनेर पनि काट्न परेको छैन । आफूलाई पनि यही गेटअपले सुहाएको छ जस्तो लाग्छ । मेरो दाह्रीजुँगालाई लिएर कमेन्ट, कम्लिेमेन्ट दुवै आउँछ ।

कतिपय साथीले के बोकाजस्तो दाह्री पालिराको भन्छन्, कतिपयले दाह्रीजुँगाचाहिँ सही छ भन्छन् । जस्तो प्रतिक्रिया आए पनि खुसी नै लाग्छ । अलि लामोलामो भयो भनेचाहिँ ममीले काट् भनिसिन्छ । त्यसैले समय–समयमा ट्रिम गरिरहेको हुन्छु ।