काठमाडौं । सरकारले बैदेशिक रोजगारका नाममा सिन्डिकेट मच्चाईरहेका संस्था र व्यवशायिहरु माथि निगरानी राख्दै अनुसन्धान अघि बढाएको छ ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख डीआईजी धीरु बस्नेतको नेतृत्वमा बैदेशिक रोजगारका सिन्डिकेटधारी व्यवशायिहरुलाई धमाधम पक्राउ गर्न थालिएको हो ।


ADVERTISEMENT

# # #


विभागको अपरेसनमा मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् ।

बस्नेत अपराध अनुसन्धान बिभागमा सरुवा भए लगत्तै सिन्डिकेट बिरुद्धको सरकारको अभियानमा अपरेसन सुरु गरेका हुन् ।।

भीएलएनको कार्यालयमा छापा हानेर अ बस्नेत नेतृत्वको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।

वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ ।

श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कात्तिकदेखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेका थिए ।

उनले पनि २०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपे । महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्‍याउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा उनले चलाएका थिए ।

भीएलएनले अहिलेसम्म करिब एक अर्ब ९३ करोड रुपैयाँ अवैध असुली गरेको छ । वान स्टप सेन्टरका नामा झण्डै ५७ करोड रुपैयाँ ठगिएको छ ।

माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ ।

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए-नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ ।

कामदारले मलेसिया जान झण्डै  १७ हजार रुपैयाँ  विभिन्न अवैध संघसंस्थाहरूलाई बुझाउनुपर्छ ।