काठमाडौँ – नेपाली काँगेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बदलिएको ‘काँग्रेस २.०’ ले युवा पुस्ताको भावनालाई अंगिकार गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनपछि देशको अवस्था परिवर्तनमा नेतृत्व गर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार एक अपील जारी गर्दै गत भदौ २३ र २४ गतेपछि मुलुकमा उत्पन्न विशेष परिस्थिति अनुसार नेपाली काँग्रेसले पनि आफूलाई बदलेको र अब देश र जनताको अवस्थालाई पनि बदल्ने संकल्प गरेकोले काँग्रेसलाई मत दिन अपील गरेका हुन् । उनले सुशासनयुक्त प्रशासन, भ्रष्टाचारमुक्त देशलाई नारामा सीमित नगरी समावेशी विकासको स्पष्ट दृष्टिकोणसहित कांग्रेस क्रियाशील रहेको बताए ।


ADVERTISEMENT

# # #


‘आफू बदलिएर देश बदल्ने संकल्प बोकेको नेपाली कांग्रेस नवीन सोच र स्पष्ट मार्गदर्शनसहित आम मतदाता माझ उपस्थित भएको छ ।’ उनले भनेका छन्, ‘देशमा भएका हरेक परिवर्तनमा जनमतका अनुरूप जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनजीविकाको भावनालाई पनि आत्मसात गर्दै अगाडि बढेको छ ।’

उनले काँग्रेसको विशेष महाधिवेशनमार्फत “प्राइमरी इलेक्शन” जस्ता आन्तरिक सुधारमार्फत पार्टी संरचना सुदृढ गर्ने नीति लिएको स्मरण गर्दै राज्यका निकाय र सार्वजनिक संस्थाहरूमा हुने राजनीतिक भागबण्डा र दलीयकरणलाई पूर्ण रूपमा निषेध गर्दै भ्रष्टाचारको मूलो अन्त्य र विधिको शासन स्थापना गर्ने प्रतिज्ञा गरेको बताए ।

युवा रोजगारी, निःशुल्क स्वास्थ्य सेवाका लागि सबैलाई बीमा र सबै उपचार बीमाबाट हुने बनाउने अभियानमा नेपाली कांग्रेस क्रियाशील रहेको, यातायात क्षेत्रको सुधार, पर्यटन प्रवद्र्धन र प्राकृतिक स्रोत साधनको भरपुर उपयोगमा काँग्रेसको क्रियाशील भएर लाग्ने उनको भनाई छ ।

सफल सहकारी, सहकारीमार्फत आर्थिक सशक्तीकरण र समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गराउने विषय नेपाली कांग्रेस पूरा गरेर देखाउन चाहेको बताउँदै उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न नेपाली कांग्रेसले काम गरेर देखाउने अठोट व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस आफ्ना विगतका कमजोरीको जिम्मेवारी लिँदै, “बदलियो कांग्रेस, बदल्छ देश” भन्ने मूल सन्देशका साथ यहाँहरूका बीचमा आएको छ ।’ उनले भनेका छन्, ‘युवाको आवाजलाई आत्मसात गर्दै सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता सहित समुन्नत नेपाल, सम्मानित नेपालीको लक्ष्यलाई साकार बनाउन बागमती प्रदेशका ३३ वटै तथा देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार साथीहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रूख चिन्हमा मतदान गरी विजय गराइदिनुहुन तपाईँ सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’

यस्तो छ सभापति बानियाँको अपील: 
आदरणीय आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु,
विशेष परिस्थितिका बीच आगामी फागुन ११ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । यो निर्वाचनलाई ऐतिहासिक अवसरको रुपमा सदुपयोग गर्न आवश्यक छ । देश बनाउने महासङ्ग्राममा तपाईंको एक मत अमूल्य हुन्छ । यसले समुन्नतिको आकांक्षा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
आफू बदलिएर देश बदल्ने संकल्प बोकेको नेपाली कांग्रेस नवीन सोच र स्पष्ट मार्गदर्शनसहित आम मतदाता माझ उपस्थित भएको छ । देशमा भएका हरेक परिवर्तनमा जनमतको अनुरुप जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जेनेरेसनको भावनालाई पनि आत्मसात गर्दै अगाडि बढेको छ ।
सहकारी काण्डमा हुने हिनामिना, गैरजिम्मेवारीपन, बेरोजगारी, राजनीतिक अस्थिरताका बीच निराशाको भुमरीबाट देशलाई बाहिर निकाल्न दृढ, दूरदर्शी र जनमुखी पार्टी र नेतृत्व आवश्यक छ । सार्वजनिक व्यक्ति निजी स्वार्थमा लागी कागजात र प्रक्रिया पूरा भएका कामलाई तत्काल सेवा प्राप्त गर्न सकिने संरचनाको निर्माण आजको मूल आवश्यकता हो । सुशासनयुक्त प्रशासन, भ्रष्टाचारमुक्त देशलाई नारामा सीमित नगरी समावेशी विकासको स्पष्ट दृष्टिकोणसहित कांग्रेस क्रियाशील छ ।
“राजनीति पेशा होइन, सेवा हो” भन्ने मान्यतासहित सुशासन, समावेशिता र आर्थिक रुपान्तरणप्रति प्रतिबद्ध रहि गरिबमुखी, आत्मनिर्भर, न्यायमुखी, सेवामुखी, जनमुखी र विकासमुखी कार्यक्रमहरु कार्यान्वयनमा नेपाली कांग्रेस प्रतिबद्ध र क्रियाशील छ ।
आर्थिक सुदृढीकरण, आधुनिक कृषि प्रणाली, औद्योगिक विकास, पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास तथा सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधार विस्तार, सबै वर्ग, क्षेत्र, लिङ्ग, जात, धर्म, भाषा र समुदायलाई समान अवसर सुनिश्चित गर्दै महिला र युवाको सहभागिता विस्तार गर्न तथा दुर्गम क्षेत्रलाई मूलधारसँग जोड्ने स्पष्ट दृष्टिकोणसहित तपाईं सामु आएको छ ।
नेपाली कांग्रेसले घोषणापत्र मार्फत “समुन्नत नेपाल, सम्मिलित नेपाली” नारासहित लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्न प्रतिबद्धता सहित विगतका कमजोरी सुधार्दै जनमुखी कांग्रेस ९ऋयलनचभकक द्द।ण्० को अवधारणा अघि बढाएको छ । राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्यायमार्फत देश परिवर्तन गर्न बागमती प्रदेशका ३३ वटै तथा देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका साथीहरुलाई रुख चिन्ह ९प्रत्यक्ष र समानुपातिक० तर्फ मतदान गरिदिनुहुन नेपाली कांग्रेस बागमती प्रदेश हार्दिक अपिल गर्दछ ।
✓ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेसले युवापुस्तामा देखिएको आक्रोश, भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको मागलाई गम्भीर रुपमा लिएको छ ।
✓ विगतका कमजोरी स्वीकार गर्दै सुधारको प्रतिज्ञा गरिएको छ । यसै प्रतिज्ञाका लागि सिङ्गो पार्टीसँग समन्वय गर्दै नेपाली कांग्रेसले “प्राइमरी इलेक्शन” जस्ता आन्तरिक सुधारमार्फत पार्टी संरचना सुदृढ गर्ने नीति लिएको छ ।
✓ राज्यका निकाय र सार्वजनिक संस्थाहरुमा हुने राजनीतिक भागबण्डा र दलीयकरणलाई पूर्ण रुपमा निरुत्साहित गर्दै भ्रष्टाचारको समूल अन्त्य र विधिको शासन स्थापना गर्ने प्रतिज्ञा गरिएको छ ।
✓ प्रक्रियामा मात्र अल्झिने प्रशासनलाई सुधार गरी शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रत्यक्ष परिणाम देखिने गरी डेलिभरी दिने लक्ष्य नेपाली कांग्रेसले राखेको छ ।
✓ देशमै उत्पादन र रोजगारी सृजनाका लागि लगानी मैत्री कानून, लगानी मैत्री कार्यप्रणाली विकास, लगानीको सुरक्षा तथा स्वरोजगार बनाउन युवाहरुलाई डिजिटल प्लेटफर्ममा प्रोत्साहन गरी डिजिटाइज सीप र उपार्जन गर्न सकिने बनाउने आवश्यक नीति निर्माण गरी नेपालमै सम्भव छ भन्ने वातावरण विकास गर्दै समुन्नत नेपाल बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ ।
✓ निःशुल्क स्वास्थ्य सेवाका लागि सबैलाई बीमा र सबै उपचार बीमाबाट हुने बनाउने अभियानमा नेपाली कांग्रेस क्रियाशील छ ।
✓ सहरी सुदृढीकरण, आम जनताको सुरक्षित यातायातका लागि सुरक्षित सडकको विकास, आयोजनाको ठेक्का प्रणाली सुधार गरी प्रभावकारी आयोजना कार्यान्वयन, नेपालको प्रचुर सम्भावना बोकेको ऊर्जा क्षेत्र उज्यालोका लागि मात्र होइन आर्थिक उपार्जन र जनतालाई घरेलु तथा स्वरोजगार बनाउन सकिने अवधारणालाई पूरा गर्न नेपाली कांग्रेस सामूहिक सहित यहाँहरुबीच आएको छ ।
✓ सहकारी सहकारी, सहकारी मार्फत आर्थिक सशक्तीकरण र समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गराउने विषय नेपाली कांग्रेस पूरा गरेर देखाउन चाहन्छ ।
✓ जनताको मनोबललाई मजबुत राहत प्रदान गर्न, किसानलाई उत्पादनमा प्रोत्साहन गर्न मल, बीउको सुलभ उपलब्धता तथा उत्पादनको उचित बजार मूल्य प्रदान गर्न र उपभोक्तालाई किसानले पाउने मूल्यमा नै ताजा र स्वच्छ नेपाली उत्पादन भोग्य वस्तुमा पुर्‍याउने स्पष्ट योजनाका साथ नेपाली कांग्रेस यहाँहरुको बीचमा आएको छ ।
✓ महिला, युवामुखी र समावेशीता बढोत्तरीको उचित व्यवस्थापन गर्न नेपाली कांग्रेस काम गरेर देखाउने अठोट व्यक्त गर्दछ, “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने भावनालाई पूरा गर्न नेपाली कांग्रेस पूर्ण जिम्मेवार छ ।
✓ राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सार्क सशक्तिकरण, समावेशीताको आधारमा सबै राष्ट्रसँग सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै “समुन्नत नेपाल, सम्मिलित नेपाली” को लक्ष्य पूरा गर्न कांग्रेस सदा क्रियाशील रहनेछ ।
नेपाली कांग्रेस आफ्ना विगतका कमीकमजोरीको जिम्मेवारी लिँदै, “बदलिएको कांग्रेस, बदलिँदो देश” भन्ने मूल संकल्पका साथ यहाँहरुको बीचमा आएको छ । युवाको आवाजलाई आत्मसात गर्दै सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता सहित समुन्नत नेपाल, सम्मिलित नेपालीको लक्ष्यलाई साकार बनाउन बागमती प्रदेशका ३३ वटै तथा देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार साथीहरुलाई प्रत्यक्ष र समानुपातिक दुबै तर्फ रुख चिन्हमा मतदान गरी विजयी गराउनुहुन तपाईं समक्ष हार्दिक अपिल गर्दछौं ।
जय नेपाल १
इन्द्रबहादुर बानियाँ
सभापति, नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति