काठमाडौं–फेसबुकका संस्थापक मार्क जुकरवर्गले क्याम्ब्रिज एनालिटिका प्रकरणमा आफ्नो भूमिका र आफ्नो प्ल्याटफर्ममा गलत समाचार प्रसारको विषयमा युरोपेली संसदसँग माफी मागेका छन् । जुकरवर्गले फेसबुक टुल्सलाई ‘हानी पुर्याउनका लागि’ प्रयोग गरिएकोमा खेद प्रकट गरेका छन् ।


ADVERTISEMENT


क्याम्ब्रिज एनालिटिकाले राजनीतिक अभियानका लागि ८.७ करोड फेसबुक प्रोफाइलको डेटा प्राप्त गरेको आरोप छ । यद्यपी, क्याम्ब्रिज एनालिटीका यी आरोपलाई गलत बताउँदै आएको छ । यद्यपी, फेसबुकका संस्थापक जुकरबर्गको बयानले यूरोपेली संसदका सबै सदस्य सन्तुष्ट छैनन् । यीमध्ये केहीले जुकरबर्गले उनीहरुको प्रश्नको जवाफ नदिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


कुन कुरामा असन्तुष्टि ?
बेलायती संसदको डिजिटल कल्चर मिडिया र खेल समितिका प्रमुख डेनियम कालिन्सले भने, ‘दुर्भाग्यवश, प्रश्न सोध्ने ढाँचा यस्तो थियो कि जुकरबर्गले आफूलाई मनलागेको तरिकारले उत्तर दिने मौका पाए र उनले हरेक एक बिन्दुमा उत्तर दिएनन् ।’

यो ढाँचा अप्रिलमा अमेरिकी जनप्रतिनिधी सामू दिइएको बयानभन्दा भिन्न थियो । अमेरिकी राजनेताले फेसबुकका प्रमुखसँग प्रश्नोत्तर गर्न सक्थे तर यूरोपेली संसदका विभिन्न राजनीतिक समूहका नेताले एक–एक गरी प्रश्न सोधे ।

सुरुमा सबै प्रश्न जम्मा गरियो, त्यसपछि जुकरवर्गले ती प्रश्नको जवाफ दिए । यो क्रममा अनेकौं प्रश्नको जवाफ दिन जुकरबर्गले २२ मिनेट खर्चिए र कुन प्रश्नको जवाफ दिने र कुनको नदिने, त्यो जुकरबर्गले छान्न पाए ।

केही राजनेताले त जुकरबर्गले सुनियोजित रुपमा प्रश्नको यही ढाँचा माग गरेकोसमेत आरोप लगाए । बीबीसीसँगको कुराकानीमा जुकरवर्गले प्रश्नोत्तरको यस्तो ढाँचा आफूले चयन नगरेको स्पष्ट पारे । पछि संसदका अध्यक्ष एन्टोनियो तायानीले पनि यसको पुष्टि गरे ।

एक पत्रकार सम्मेलनमा तायानीले भने, ‘सांसदलाई थाहा थियो कि जुकरबर्गसँग सिमित समय थियो तर पनि उनीहरुले धेरैजसो समय आफूले नै बोलेर खर्च गरे ।’ उनले यो पनि बताए कि जुकरबर्ग फलोअप जवाफ दिनका लागि तयार छन् ।

थुप्रै विषयमा कुरा हुन सकेनः
जुकरबर्गले फेसबुकको एकाधिकार र त्यसको युनिट ह्वाट्सएपको डेटाको प्रयोगको योजनालाईसँग जोडिएको प्रश्नको जवाफ दिएनन् ।

न त उनले फर्जी प्रोफाइल र गैर फेसबुक प्रयोगकर्ताहरुको डाटा प्रयोग गरे नगरेको भन्ने प्रश्नको सिधा जवाफ दिए ।