एजेन्सी–पृथ्वीभन्दा दस गुणा ठूलो पिण्ड भएको एक विशाल ग्रहले नयाँ पत्ता लागेको एक शिशुग्रहको अस्वाभाविक परिक्रमापथलाई राम्ररी व्याख्या गर्न सक्छ । यदि प्रमाणित भएमा यो ग्रह सन् १९३० मा प्लुटो पत्ता लागे यताको नयाँ ग्रह हुनेछ अथवा सन् १८४६ मा नेप्च्युन पत्ता लागे यताको नयाँ हुनेछ किनकि सन् २००६ मा प्लुटोको ग्रहको मान्यता खारेज गरिएको थियो ।


ADVERTISEMENT


पृथ्वीबाट सूर्यको दूरीभन्दा ५५ गुणा टाढा रहेको यो शिशुग्रहलाई २०१५बीपी५१९ नाम दिइएको छ । उक्त शिशुग्रह तीन वर्षअघि पत्ता लागेको हो । त्यो बेलादेखि मिचिगन विश्वविद्यालयकी खगोलशास्त्री जुलिएट बेकरले नेतृत्व गरेको समूहले यसलाई निगरानी गरिरहेको छ ।


ADVERTISEMENT

# # #


बेकरको समूहको अध्ययनले यो शिशुग्रहको अनौठो परिपथको व्याख्या गर्न हाल नदेखिएको एक ठूलो ग्रहको गुरुत्वले यसलाई यो परिपथमा हिँडाएको भन्दा सही देखिने भएको छ । २०१५बीपी५१९ को परिपथको सबैभन्दा अनौठो पक्ष भनेको यो शिशुग्रह सौर्यमण्डलको सम्पूर्ण ग्रहहरूले सूर्यको परिक्रमा गर्ने परिपथसँग ५४ डिग्रीको झुकाव छ । यदि यो शिशुग्रह सौर्य मण्डलको अन्य सदस्यहरूकै सतहमा निर्माण भएको हो भने यसलाई यो झुकावमा घुमाउनको लागि ठूलो गुरुत्वाकर्षण खिचाबको प्रभाव हुनुपर्छ ।

अध्ययनका लागि बेकर र उनका सहकर्मीले कम्प्युटर सिमुलेसनमार्फत यी सबै प्रकृयालाई पुनःनिर्माण गरे । उनीहरूले एक विशाल ग्रहलाई उक्त मोडेलमा राख्नसाथ यसको गुरुत्वाकर्षणले उक्त शिशुग्रहलाई हाल भएको परिपथमा हिँडाएको थियो । यो कुरा अनुसन्धादाताहरूले क्वान्टा पत्रिकामा भनेका हुन् ।

सौर्यमण्डलको सबैभन्दा बाहिर रहेको नेप्च्युन ग्रहभन्दा पारी अहिले मानिसहरूले नभेट्टाएको एक ग्रह छ भन्ने विचार सन् २०१४ देखि खगोलशास्त्रीहरूमा चर्चा पाउन थालेको हो । त्यो वर्ष दुई खगोलशास्त्रीहरू चाड्विक ए ट्रुजिल्लो र स्कट एस. सेप्पर्डले बाह्य सौर्य मण्डलमा केही पिण्डहरू कुनै ठूलो गुरुत्व आकर्षण शक्तिले तानिएर अघि बढेको जस्तो देखिएको सार्वजनिक गरेका थिए । उनीहरूले त्यो गुरुत्वार्षण शक्तिको स्रोत पृथ्वीभन्दा दुईदेखि पन्ध्रगुणा ठूलो पिण्ड हुन सक्ने बताएका थिए ।

सन् २०१६ मा खगोलशास्त्री कन्स्ट्यान्टिन बटिगिन र माइकल इ। ब्राउनले पनि आफूहरूले गरेका अध्ययनबाट यही निष्कर्ष निस्केको बताएका थिए । उनीहरूको अध्ययनले त्यहाँ पृथ्वीभन्दा लगभग १० गुणा ठूलो ग्रह हुन सक्ने देखाएको थियो । बेकरले उक्त काल्पिनिक ग्रहको नाम ‘प्लानेट नाइन’ दिएकी थिइन् ।

हुन त यी प्रमाणहरूलाई प्रामाणिक मान्न सकिँदैन तर यो नयाँ पत्ता लागेको शिशुग्रहको परिपथ ‘प्लानेट नाइन’को गुरुत्वको प्रभावमा जति सजिलै सही निस्किएको छ, त्यसले यो तर्कलाई बढी चित्तबुझ्दो बनाएको छ ।

तथापि यदि त्यहाँ त्यस्तो कुनै ग्रह भए पनि त्यसलाई पत्ता लगाउन निक्कै गाह्रो हुनेछ किनकि एक त यो पृथ्वीबाट सूर्यको दूरीभन्दा सयौं गुणा हुनसक्छ । अर्को यसको आफ्नै प्रकाश नभएकाले यसलाई देख्न निक्कै गाह्रो पर्छ ।

यदि साच्चै त्यहाँ ग्रह छ भने चाहिँ यो निक्कै अद्भूत आविष्कार हुनेछ । यसले खगोलशास्त्रीहरूले हालसम्म नजिकबाट नदेखेको ग्रहहरूको एक वर्ग– सुपर अर्थलाई प्रतिनिधित्व गर्छ ।

सुपर–अर्थ पृथ्वीभन्दा दस गुणासम्म ठूला हुन्छन् । यस्ता ग्रह अरू ताराको वरपर निक्कै धेरै मात्रामा पाइएका छन् तर यो हाम्रो सौर्यप्रणालीमा भने छैन । सौर्यमण्डलमा पृथ्वी सबैभन्दा ठूलो चट्टानी ग्रह हो । युरेनस पृथ्वीपछिको अर्को ठूलो ग्रह हो र यो पृथ्वीभन्दा १४।५ गुणा ठूला रहेको छ । तर यो पूरै ग्यासले बनेको ग्रह हो ।