काठमाडौं – हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी यशस्वीका इन्टरनेशनल प्रा.लि को नाममा रहेको ९ लाख ९९ हजार १६७.०६ कित्ता र विश्वेस श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२.५७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।


ADVERTISEMENT


बैंकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृति निर्देशन बमोजिम संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने प्रावधान बमोजिम सो शेयर हाल हिमालयन बैंककै विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखिएको हो।


ADVERTISEMENT

# # #


उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानून विभागमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।