काठमाडौं – कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय कायम भएको छ । सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको महासंघले जनाएको छ ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार २ लाख ६५ हजार ३४५ मा कारोबार भएको थियो ।
चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ मा कारोबार भएको थियो ।
यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ । १० ग्राम चाँदीको मूल्य मंगलबार ४ हजार ५७४ पुगेको छ भने सोमबार रु ४ हजार ५१४ मा काारोबार भएको थियो ।



























































