काठमाडौं – रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पार्टीका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ । खबरदारी गर्नुपर्छ ।’

आ– आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द ढङ्गले उठाउनुपर्ने बताए । नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान दिनुपर्ने स्वर्णिमको भनाइ छ ।