रोल्पा(रासस)–मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ ।


ADVERTISEMENT


शिशुको जन्म दिएपनि रेखदेख नगरेपछि आफूहरुको पहलमा बच्चाका लागि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिएको स्थानीय आमा समूहले बताएको छ । मानसिक अवस्था ठीक नभएपछि घरबाट निस्किएर बेवारिसे बनेकी उनलाई गर्भवती बनाउनेको आफूहरुले खोजी गरिरहेको आमा समूहका अध्यक्ष मीना घर्तीले जानकारी दिएकी छिन् ।


ADVERTISEMENT

# # #


शिशुको बाबु पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरेका छौं, अध्यक्ष घर्तीले भने । सुत्केरी महिलाको रेखदेख र शिशुको बाबु पहिचानका लागि आफूहरुले समेत दबाब दिइरहेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताएका छन् । शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने आचार्यको भनाइ छ ।

जिल्लामा बाबु पहिचान हुन नसकेका यस्ता बालबालिका सयौँको संख्यामा रहेको बताइएको छ । बाबु पहिचान नहुँदा विद्यालय भर्ना तथा नेपाली नागरिकताको प्रमाणपत्र लिनमा समेत यस्ता बालबालिका वञ्चित हुँदै आएका छन् ।