काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ । त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने।
चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।



























































