काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार बिकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन ।


ADVERTISEMENT

# # #


पेट्रोलियम पदार्थ खपत नियन्त्रणका लागि सरकारले बिभिन्न कदम चालिसकेको भन्दै उनले आवश्यक परे जोर बिजोर प्रणाली समेत लागू गरिने उल्लेख गरिन । बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ भने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा गुणाकर भट्टराई नियुक्त गर्ने निर्णय गरेको मन्त्री रावलले बताइन ।

त्यसैगरि बैठकले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेप्युटी गभर्नर पदमध्ये एकमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्य ललिता कुमारी महर्जन एवं धुर्व आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय भएको उहाले बताउनुभयो ।