काठमाडौं – साताको अन्तीम कारोबारको दिन नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।


ADVERTISEMENT


आज सुन प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।