बुटवल – बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरु भत्काइएको छ ।


ADVERTISEMENT


आइतबार सरकारी जग्गामा बनेका टहराहरु डोजर लगाएर भत्काइएको हो । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो ।


ADVERTISEMENT

# # #


साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साबिक कित्ता नम्बर ३९६ को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घर टहरा हटाउन थालिएको हो । संघीय सरकारले काठमाडौंका सुकुम्बासी वस्ती खाली गराउन शुरु गरेपछि स्थानीय सरकारहरु पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न शुरु गरेको हो ।

सोही अनुसार बुटवल उपमहानगरले शनिबार सांझ अबेर माइकिंङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो । टहरा भत्काउन खोज्दा केहिले विरोध समेत गरेका थिए ।