काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने अवस्था उचित नभएको बताएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले सुकुमबासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको जस्तो देखिएको भन्दै सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने अवस्था उचित नभएको बताएका हुन् ।
महामन्त्री पौडेलले सुकुम्बासीलाई हटाउनु हुन्न भन्ने कांग्रेसको धारणा नभएको तर वास्तविक सुकुम्वासीको पहिचान गरेर उचित व्यवस्थापन गर्न सुझाव दिए । अहिले सकुम्वासीलाई दमन गरिएको जस्तो देखिएको उनको भनाइ छ ।


























































