काठमाडौं – यही वैशाख १७ गते सुरु भएको दोस्रो चितवन अटो शो २०२६ मा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ।


ADVERTISEMENT


उक्त अवसरमा टाटा टियागो ईभी र पन्च ईभीहरूमा ग्राहकहरुको उच्च आकर्षण रहेको छ। प्रमुख अथिति बागमती प्रदेशका मुख्यमन्त्री मा। इन्द्र बानियाज्यूको समुपस्थितिमा नयाँ गाडीहरू ( टियागो ईभी र पन्च ईभीहरु ग्राहकलाई हस्तान्तरण गरिएको छ।


ADVERTISEMENT

# # #


चितवन एक्स्पो सेन्टर, भरतपुर –१० मा जारी अटो शोमा मुख्यमन्त्रीले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो ईभी र टाटा पन्च ईभीको साँचो हस्तान्तरण गरेको हो।

यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा टाटाका ईभी गाडीहरुको प्रदर्शन गरिरहेको छ। प्रदर्शनीमा मुख्य आकर्षकको रूपमा रहेका टाटाका ईभी गाडीहरु आफ्नो अत्याधुनिक प्रविधि, उच्च सुरक्षा रेटिङ र किफायती सञ्चालन खर्चका कारण अवलोकनकर्ताहरूको निकै भिड बटुलिरहेका छन्।

भविष्यको सुरक्षित र प्रविधिमैत्री यात्राका लागि टाटाका यी गाडीहरू उत्कृष्ट रोजाइ बनेका छन्। इच्छुक ग्राहकहरूले चितवन अटो शो २०२६ को हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरि थप जानकारीका साथै विशेष अफरहरुको साथ टाटा कारहरु लिन सक्ने कम्पनीले जनाएको छ ।