काठमाडौं –  सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।


ADVERTISEMENT


गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।


ADVERTISEMENT

# # #


यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकास पाएको थियो ।