मुस्ताङ – मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित नेपाली सेनाको ब्यारेक नजिक रहेको विशाल पहाडमा पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति एवं उपरथी भोलानाथ थापाले रक क्लाइमिङ अभ्यास गरेका छन् ।


ADVERTISEMENT


ईन्द्रबक्स गण जोमसोमको आयोजनामा बिहीबारदेखि मुस्ताङमा दुई दिने हाई अल्टिच्युड सर्च एण्ड रेस्क्यु अभ्यास सुरु भएको हो । अभ्यासमा नेपाली सेनाका ५० भन्दा बढी सैनिकको सहभागिता रहेको छ ।


ADVERTISEMENT

# # #


उच्च हिमाली क्षेत्रमा हुने सम्भावित विपद् तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ । अभ्यासका क्रममा रक क्लाइमिङ, उद्धार तथा खोज कार्यसम्बन्धी विभिन्न तालिम सञ्चालन भइरहेका छन् ।