काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम बिगतको निरन्तरता जस्तै देखिएको प्रतिक्रिया दिनुभएको छ ।
सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले विशाल जनमत प्राप्त गरेको करिव दुई तिहाइको सरकारबाट धेरै अपेक्षा गरेपनि नीति तथा कार्यक्रम बिगतको निरन्तरता जस्तै देखिएको प्रतिक्रिया दिनुभएको हो ।
क्रम भङ्ग गर्ने खालको नीति कार्यक्रम ल्याउने जनताको अपेक्षा रहेकोमा एभरेज रुपमा आएको उहाको भनाइ छ । नेता पुनले सरकारको नीति कार्यक्रम जस्तै बजेट आए नवयुवाहरू निराश हुने सम्भावना बढी देखिएको बताउनुभयो ।
नीति कार्यक्रममा देखिएको कमजोरीलाई बजेटसम्म जाँदा जनताको अपेक्षा अनुसारको तयारी गर्नुपर्ने उहाको भनाइ छ ।


























































